नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार छः स्वास्थ्यमन्त्री ढकाल

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७७, मंगलवार

 

चितवन १६, मंसिर ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।

योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको मंगलबार निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो । ।

उहाँले भन्नुभयो, ‘महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला। जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन्। आत्मबलले कोरोनासँग जित्न सकिन्छ।’

कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो।
सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको सल्लाहअनुसार आइशोलेसन स्थापना गरिएको बताउनुभयो। ९० जनाको क्षमता रहेको सो आइशोलेसनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गए २०० जनासम्म राख्न सक्ने गरी व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

  • १६ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech