नरैनापुरमा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७७, सोमबार

नेपालगन्ज १५, मंसिर ।

बाँकेको नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको छ । वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको हो ।

संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बतायनुभयो । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो ।

हालसम्म नरैनापुरमा १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको, १ सय २३ जना निको भएर डिष्चार्ज भइसकेको र एक जना उपचारका क्रममा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech