कोरोना संक्रमणका कारण हालसम्म विश्वभर १४ लाख ४८ हजार ८९६ जनाले ज्यान गुमाए

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७७, सोमबार

तस्बिर:फाइल

 

काठमाडौं १५,मंसिर ।

विश्वभर ६ करोड १८ लाख ६९ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६४ हजार ८१३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको हो ।

भाइरस संक्रमणका कारण हालसम्म १४ लाख ४८ हजार ८९६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८ हजार ९८५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरीका, भारत लगायतका देश कोरोना भाइरसका कारण बढी प्रभावित छन् ।

  • १५ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech