वीरका कर्मचारीले लगाए न्याम्स पदाधिकारीको कार्यकक्षमा ताला

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७७, आईतवार

काठमाडौं १४, मंसिर ।
वीर अस्पतालका आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका छन्। आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका हुन्।

आफ्ना माग पूरा नभएसम्म ताला नखोलिने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बतानुभयो । यसअघि उनीहरुले मंसिर ४ देखि १२ गतेसम्म न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका थिए।

जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता लगायत पाउनुपर्ने माग सहित वीर अस्पतालका कर्मचारीहरु कात्तिक ३ गतेदेखि आन्दोलनमा छन्।

  • १४ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech