नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १३ मंसिर २०७७, शनिबार

 

काठमाडौं १३, मंसिर ।
नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो ।

गएको बुधबारदेखि उहाँलाई शरीर दुख्ने समस्या देखिएको थियो । अहिले स्वास्थ्यमा सुधार भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

होम आइसोलेसनमा बसेको जाकनारी दिदै क्रिकेटर सन्दीपले ट्वीटमा लेख्नुभएको, ‘सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईँहरुको प्रार्थनामा मेरा लागि पनि स्वास्थ्य लाभको कामना गरिदनु होला ।’

  • १३ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech