स्वास्थ्यकर्मीलाई तत्काल भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७७, शुक्रबार

 

काठमाडौं १२, मंसिर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ।

सार्वजनिक सूचना अनुसार आज बसेको सचिवस्तरको निर्णयअनुसार भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयले असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको भुक्तानीको क्रममा रहेको जानकारी दिँदै उक्त निर्देशन दिएको हो।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज सूचना सार्वजनिक गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन भनेका छन्।

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech