कोभिड-१९ विरुद्धको खोप खरिदका लागि युनिसेफ र पिएएचओद्धारा बोलपत्र प्रस्ताव माग

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०७७, शुक्रबार

 

काठमाडौ १२, मंसिर ।

युनिसेफ र पान अमेरिकी स्वास्थ्य संगठन पिएएचओले सन् २०२१ मा कोभिड–१९ विरुद्वको खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्ताव माग गरेका छन्।

युनिसेफ र पिएएचओले बोलपत्र आव्हान गर्दै कोभिड–१९ विरुद्वको खोप आपूर्तिका लागि खोप विकासकर्ताहरूसँग प्रस्तावको माग गरेका गरेका हुन्। ६ सातासम्म चल्ने बोलपत्र प्रक्रियामार्फत गाभीको व्यवस्थापनमा कोभ्याक्स फसिलिटीको तर्फबाट कम्तीमा २ अर्ब खोप आपूर्ति गर्ने लक्ष्य राखिएको छ।

उक्त सहकार्यमा आवद्व १ सय ८६ वटा देशलाई गुणस्तरीय खोप समान एवं तीव्र रूपमा प्रदान गर्नु बोलपत्र प्रक्रियाको उद्देश्य छ।

आव्हान गरिएको बोलपत्रका लागि खोप उत्पादकहरूले प्रस्ताव पेस गर्नको लागि गाभीमा आवद्व १८६ देशमा आवश्यक पर्ने खोपको संख्या सम्बन्धमा गरिने अध्ययन पनि समावेश गरिएको हुन्छ।

सम्भावित उत्पादकहरूबाट तयार हुने अनुमतिप्राप्त खोप विश्व बजारकै सर्वाधिक कम मूल्यमा प्राप्त गर्दै उच्चतम आपूर्ति कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

  • १२ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech