नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष केसीलाई कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७७, बिहीबार

 

नेपालगन्ज ११, मंसिर ।

नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेक बहादुर केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुर स्वास्थ्य चौकी ईन्चार्ज समेत रहनुभएका उहाँलाई स्वास्थ्यमा समस्या आएपछि मंगलवार कोरोना परीक्षणका लागि स्वाव दिनुभएको थियो ।

भेरीमा गरिएको पीसीआर परीक्षणमा उहाँको बुधवार रिपोर्ट पोजेटिभ आएको हो । रुघाखोकी र ज्वरो आएपछि उहाँले स्वाब दिनुभएको थियो । कोहलपुर नगरपालिका १४ हवलदारपुर निवासी ५६ बर्षीय केसीलाई अहिलेपनि रुघाखोकी र ज्वरो छ ।

उहाँ अहिले होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य पेजलाई बताउनुभयो ।

  • ११ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech