चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न प्राडा जगदीश अग्रवालको संयोगकत्वमा कार्यदल गठन

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

 

काठमाडौं १०, मंसिर ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन प्राडा जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न गठित उक्त कार्यदलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौला, हेल्थ प्रोफेसनल काउन्सिल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका एक निर्देशक सदस्य रहेका छन्।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुईटेल उक्त कार्यदलको सदस्य सचिव रहेका छन्।

कार्यदलका संयोजक प्राडा जगदीश अग्रवालले कार्यदललाई ऐन तथा नियमावलीमा संशोधन गर्नुपर्ने विषयबारे तीन महिनाभित्र सुझाव दिन भनिएको छ। कार्यदलको २ चरणको बैठक बसिसकेको बताइएको छ।

 

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech