नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा संक्रमित महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७७, बुधबार

तस्विरः फाइल

 

कोहलपुर १०, मंसिर ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ की ७७ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनी गएको ५ गते अस्पताल पुगेकी थिइन् । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको त्यसैदिन स्वाब निकालिएको थियो । भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो ।

रोगको प्रकृति अनुसार, सबै प्रकारको उपचार गर्दा गर्दै उनको गएराती १२ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मात्रै मृतक संख्या ४९ जना पुगेको छ ।

  • १० मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech