कोरोना संक्रमित प्यूठानका ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

तस्विर : फाइल

नेपालगन्ज ९, मंसिर ।

प्यूठान नौबाहिनी गाउँपालिका–६ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगंन्जमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि ७८ वर्षीयलाई कात्तिक ३० गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मंसिर एक गते कोरोना पोजिटिभ रिपोर्ट आयो । २ गते उनलाई भेरी अस्पताल, नेपालगन्जमा ल्याइएको थियो ।

भेरी अस्पतालमै उपचारको क्रममा मंगलबार बिहान नौ बजे ती पुरुषको मृत्यु भएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ ।

 

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech