मंगलबार बाँकेमा २८ जना संक्रमण मुक्त, कोरोनाबाट निको हुने ३५५८ पुगे

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७७, मंगलवार

तस्विर: फाइल

नेपालगन्ज ९, मंसिर ।

बाँकेका विभिन्न आइसोलेसनबाट मंगलबार थप २८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

कात्तिक २९ गते कोरोना संक्रमण पष्टि भएर विभिन्न आइसोलेसनमा आइसोलेट भएका १३ महिला र १५ जना पुरष गरि कुल २८ जना संक्रमण जितेर डिस्चार्ज भएका हुन् ।

योसँगै बाँकेमा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार ५५८ पुगेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा ३ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३८ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । जिल्लाका १५१ जना र जिल्ला बाहिरका ५४ जना गरि २०५ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ९ मंसिर २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech