बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २ संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७७, सोमबार

तस्विरः फाइल

 

काठमाडौं ८, मंसिर ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

मोरङका पुरुषमा गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यसैगरी इलामका पुरुष यही मंसिर ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech