सोमबार बाँकेमा २६ जना संक्रमण मुक्त भई डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७७, सोमबार

तस्विर: फाइल

 

नेपालगन्ज ८, मंसिर ।

बाँकेमा रहेका विभिन्न आइसोलेसनबाट सोमबार २६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

कात्तिक २८ गते कोभिड संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसनमा बसेका १३ जना महिला र १३ जना पुरुष गरि २६ जना डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा संक्रमण मुक्त भई डिस्चार्ज हुनेहरुको कुल संख्या ३ हजार ५३० पुगेको छ । बाँकेका १४३ जना र बाहिरी जिल्लाका ५२ गरि १९५ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा संक्रमित विरामीहरुको उपचार भैरहेको छ । त्यस्तै लक्षण चिंह नदेखिएका अधिकांश कोभिड संक्रमित विरामीहरु होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

  • ८ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech