कोरोना संक्रमणबाट ४५ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

 

विराटनगर ७, मंसिर ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमति एक व्यक्तिको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार झापास्थित मेचीनगर, बाहुनडाँगी ४ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो।

उनमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि बिरामीको स्वास्थ्य अवस्थामा समस्या भएपछि थप उपचारका क्रममा उनलाई मंसिर ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमण पुष्टि भएको एक सातापछि मृत्यु भएका उनको शव व्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । यससँगै प्रतिष्ठानमा उपचारका क्रममा १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech