नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७७, आईतवार

तस्विरः फाइल

 

कोहलपुर ७, मंसिर ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा दाङका दुईजनाको मृत्यु भएको हो । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ६८ वर्षका पुरुष र घोराही उपमहानगरपालिका–९ वनगाउँका ६७ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि तुलसीपुरका ती पुरुषलाई मंसिर ४ गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । उनको त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाव निकालिएको थियो । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा आज विहान १ः ४० बजे मृत्यु भएको जिल्ला कोडिभ -१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनी लामो समयदेखि मधुमेहका विरामी थिए ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि कात्तिक २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीका ती पुरुषको कोरोना परीक्षण गरिएको थियो । उनको त्यसको भोलिपल्ट रिपोर्ट कोरोना पोजेटिभ आएको थियो । स्वास्थ्यमा समस्या बढ्दै गएपछि उनलाई २७ गते कोहलपुर मेडिकल कलेजमा पुर्याइएको थियो ।

रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दागर्दै उनको गएराती ११ः ५० बजे मृत्यु भएको श्रेष्ठले बताउनुभयो । उनी उच्चरक्तचापका विरामी थिए । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृतक संख्या ४६ पुगेको छ ।

 

  • ७ मंसिर २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech