बाँकेमा आज थपिए ५० संक्रमित, १ सय ८५ जना आइसोलेसनमा

    • स्वास्थ्य पेज

  • ६ मंसिर २०७७, शनिबार

नेपालगन्ज ६, मंसिर ।
बाँकेमा शनिवार थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ३६ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा १४ जनामा कोरोना पुष्टि भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यस्तै बाँकेमा गरिएको परिक्षणमा बाहिरी जिल्लाका ४२ जनामा पनि कोरोना पुष्टि भएको छ । जिल्लामा अब कोरोना संक्रमितको कुल संख्या ३ हजार ६ सय ९६ पुगेको छ ।

अहिले १ सय ८५ जना आइसोलेसनमा छन् । हालसम्म ३ हजार ४ सय ७३ जना निको हुँदा ३८ जनाको मृत्यु भएको छ ।

  • ६ मंसिर २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech