सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आजदेखि सर्जरी सेवा

    • स्वास्थ्य पेज

  • ५ मंसिर २०७७, शुक्रबार

 

नेपालगन्ज ५, मंसिर ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज शुक्रबारदेखि सर्जरी सेवा सुरु गर्ने भएको छ । शरिरमा गाँठागुठी भएको, मासु पलाएको, मुसा निस्केकोलगायतको शल्यक्रिया गरिने अस्पतालका कार्यकारी निर्देशक डा कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । सेवा शुभारम्भका अवसरमा निशुल्क शल्यक्रिया गरिने पनि डा आचार्यले बताउनुभयो ।

एकहप्ता भित्र जटिल खालका शल्यक्रिया गर्ने योजना बनाएको अस्पतालले अवको एकमहिना भित्र स्त्रीरोग विशेषज्ञसहितको सेवा दिने तयारी गरेको छ । चितवन पश्चिमको एकमात्र खजुरा क्यान्सर अस्पतालले अहिले किमोथेरापी, जनरल सेवा, ल्याव, भिडियो एक्स रे, सिटिस्क्यानलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

२५ जना जनशक्ति रहेको यो अस्पतालले सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सकसहित २५ जना जनशक्ति थप्ने तयारीमा रहेको पनि निर्देशक डा आचार्यले बताउनुभयो ।

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech