२४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७७, बिहीबार

तस्विरः फाइल

 

काठमाडौं ४, मंसिर ।

नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो।

एकै दिन २ हजार १ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ।

गत २४ घण्टामा ९ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ३३ हजार ५ सय ५९ पुगेको छ। हाल ७ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

  • ४ मंसिर २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech