बाँकेमा ३६४२९ नमूना परीक्षण सम्पन्न, ३६२४ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

 

नेपालगन्ज ३, मंसिर ।

बाँकेमा ३६ हजार ४२९ नमुना परीक्षण गर्दा ३ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८२ जनाको नमुना परीक्षणको क्रममा छ । जिल्लाका दुई अस्पतालमा १११ जना कोरोना संक्रमित विरामीहरु उपचारमा हुनुहुन्छ ।

भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज कोहलपरको आइसोलेसनमा ४७ जना शिकिस्त विरामीहरु , ५९ जना मध्यम खालका विरामीहरु र ५ जना सामान्य कोभिड विरामीहरु उपचारमा रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा १ हजार १२३ महिला र २ हजार २७० पुरुष गरि जम्मा ३ हजार ३९३ जना संक्रमण जितेर डिस्चार्ज हुनुभएको छ । जिल्लाका ८० महिला र ११४ पुरुष गरि १९४ जना आइसोलेसनमा स्वास्थ्य लाभ गरिहनुभएको छ ।

कोरोना संक्रमणका कारण बाँकेका ३७ जनाले ज्यान गुमाएको केन्द्रले जनाएको छ । ७४ जना पूरुष र ५५ जना महिला गरि १२९ जना होम आइसोलेसनमा आइसोलेट भएर बसेको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech