१,४४२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुग्यो

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

काठमाडौं ३, मंसिर ।

पछिल्लो २४ घण्टामा १ हजार ४४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ५३८ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ छ ।

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ ।


Nabintech