लुम्बिनी प्रादेशिक अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ मंसिर २०७७, बुधबार

तस्विरः फाइल

बुटवल ०३, मंसिर ।
बुटवलमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-७ का ४० बर्षका पुरुषको बुधवार विहान लुम्बिनी प्रादेशिक अस्पतालद्धारा कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुषलाई कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी त्यसको भोलिपल्ट अस्पताल भर्ना भएका थिए । उनलाई श्वासप्रश्वासमा समस्या थियो । यस्तै रोल्पाका ७७ बर्षिया महिलाको पनि बुधवार नै मृत्यु भएको छ ।

उनलाई कात्तिक १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन् । उनको आज विहान ११ः१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

  • ३ मंसिर २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech