मोडेर्नाको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

काठमाडौं १, मंसिर ।

कोभिड-१९ विरुद्ध तयार पारिएको खोपको प्रभावकारिता झण्डै ९५ प्रतिशत रहेको बताइएको छ ।

अमेरिकी कम्पनी मोडेर्नाका अनुसार भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी देखिएको छ । यसको नतिजा यसअघि जर्मन कम्पनी फाइजरको भन्दा बढी प्रभावकारी देखिएको बीबीसीले जनाएको छ ।

यसअघि फाइजरले तयार गरेको भ्याक्सिन झण्ढै ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो । उक्त खोपले कोरोना महामारी अन्त्य गर्नेमा आत्मविश्वास उत्पन्न भएको पनि कम्पनीले जनाएको छ ।

मोडेर्नाले यो तथ्य आउनुलाई ‘महान दिन’को रुपमा व्याख्या गरेको छ । साथै यसैलाई लिएर केही हप्ताभित्रै खोपको स्वीकृति लिनका लागि आवेदन दिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अनुसन्धानको क्रममा खोपले ९४ दशमलब ५ प्रतिशत काम गरेको थियो । यस्तै ११ जना गम्भीर प्रकृतिका संक्रमितहरुमाथि पनि खोप लगाउँदा उनीहरुलाई निको भएको र पछि समस्या नदेखिएको अनुसन्धानले देखाएको छ ।

मोडेर्नाको खोप अमेरिकामा ३० हजार मानिसमा परीक्षण गरिएको थियो भने यसमा विभिन्न प्रक्रिया र चरण रहेका थिए ।

बीबीसी

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech