तिहारको भाइटीकाका दिन देशभर ११९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

काठमाडौं १, मंसीर ।

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ८३२ जनाको पीसीआर परीक्षण हुँदा ४६२ महिला र ७३५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बितेको २४ घण्टामा देशभर २ हजार ९३४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख १० हजार ९७३ पुगेको छ भने संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ ।

देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २३० पुगेको छ ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech