बाँकेमा २१९ जना होम आइसोलेसनमा, १०७ जना भेरी र मेडिकल कलेजमा स्वास्थ्य लाभ गर्दै

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

नेपालगन्ज १, मंसिर ।

बाँके जिल्लामा २ सय १९ जना कोरोना संक्रमित विरामीहरु होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १ सय २८ जना पुरुष र ९१ जना महिला होम आइसोलेसनमा आइसोलेट छन् ।

सबैभन्दा बढी नेपालगन्ज उपमाहानगरपालिकामा एक सय जना होम आइसोलेसनमा रहेको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोहलपुरमा नगरपालिकामा ४१ जनाले होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

त्यस्तै खजुरामा गाउँपालिकामा ४० , बैजनाथमा ११ , जानकीमा १७ र राप्तीसोनारी गाउँपालिकामा १० जना होम आइसोलेसनमा रहेको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्लाका डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा कोभिड संक्रमितहरु होम आइसोलेसनमा छैनन् ।  त्यस्तै जिल्लामा रहेका दुई अस्पतालमा १ सय ७ जना कोरोना संक्रमित विरामीहरु उपचारमा छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३९ जना र भेरी अस्पताल नेपालगन्जमा ६८ जना संक्रमित उपचारमा रहेको केन्द्रले जनाएको छ । त्यी मध्य ४७ जना शिकिस्त छन् भने ५४ जना मध्यम खालका विरामी छन् । ६ जना विरामी भने सामान्य अवस्थामा छन् ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech