कन्चनपुरका ७४ वर्षिय कोभिड संक्रमित पुरुषको भेरीमा मृत्यु

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

तस्विरः फाइल

 

नेपालगन्ज १, मंसिर ।
भेरी अस्पताल नेपालगन्जमा कोरोना संक्रमित एकजना बिरामीको मृत्यु भएको छ । भिमदत्त नगरपालिका-५ कन्चनपुरका ७४ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक २१ गते महाकाली अस्पतालमा उपचारका लागि गएका मृतक पुरुषमा कोरोना संक्रमणको आशंका गरि श्वाब लिईएको थियो ।

परीक्षणका लागि सेति अस्पताल पठाइएको नमुनाको रिर्पोट कात्तिक २३ गते पोजेटिभ आएपछि उनलाई कात्तिक २५ गतेसम्म महाकाली अस्पतालमै उपचार गरिएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि कात्तिक २६ गते भेरी अस्पतालमा थप उपचारका लागि ल्याईएका उनको स्वास्थ्य अवस्था सामान्य हुन नसक्दा आज मंसिर १ गते सोमबार बिहान ६:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक पुरुष लामो समयदेखि मधुमेह , उच्च रक्तचाप लगायतबाट समेत पिडित रहेको परीवारले जनाएको छ ।

योसँगै बाहिर जिल्लाबाट उपचारका लागि बाँकेमा आइ मृत्युहुनेहरुको संख्या ३८ पुगेको छ ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech