तिहारको मसाला -स्वास्थ्यका हिसाबले निकै लाभबर्धक

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

नेपालगन्ज १, मंसिर ।

सोमबार आज भाइटीका विशेषगरी भाइटीकाको दिन दिदीबहिनीहरुले दाजुभाइहरुलाई टीका लगाएपछि मसाला दिने चलन छ । काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखना लगायतका चिजलाई मसालाका रुपमा दिने गरिन्छ । तिहारमा प्रयोग हुने ती मसालाहरु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् ।

आउनुहोस् जानौं के कस्ता फाइदा हुन्छन् तिहारका मसालामा

बदाम
बदाम स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यो तौल कम गर्न निकै उपयोगी मानिन्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । यसका कारण आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ । बदाम छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । बदाममा हुने मोनोसेचुरेटेड एसिडले छालालाई हाइड्रेट गर्नुका साथै चम्किलो पनि बनाउँछ ।बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।

ओखर
ओखरको प्रयोगले स्वास्थमा  फाइदा पुग्छ । यसको नियमित प्रयोगले मुटूलाई फाइदा गर्छ । यसमा रहेको एन्टी अक्सिडेन्टले मुटुलाई स्वस्थ राख्ने काम गर्छ । ओखरले भोक घटाउँछ , पुरुषमा प्रजनन क्षमता बढाउँछ , अल्जाइमर भगाउँछ र निन्द्रलाई समेत नियन्त्रण गर्दछ ।

किसमिस
तिहारमा प्रयोग हुने भाई मसालामा किसमिस पनि हुने गर्दछ । किसमिस अंगुरलाई सुकाएर बनाइन्छ। किसमिस मानव स्वास्थ्यको लागि धेरै नै लाभकारी मानिन्छ। यसले पेटको पाचन क्रियालाई पूर्ण रुपले तन्दुरुस्त राख्‍छ । किसमिसले रक्तसञ्चार प्रणालीलाई समेत ठीक बनाउने गर्दछ। वजन कम भएकाले किसमिस खानु राम्रो हुन्छ। यसले वजन बढाउन मद्दत गर्छ। किसमिसमा पाइने तत्त्वले हड्डी बलियो बनाउन मद्दत गर्दछ । किसमिसमा एन्टी अक्सिडेन्ट पाइन्छ। जसले आँखाको ज्योति बढाउन मद्दत गर्दछ । साथै किसमिसमा पर्याप्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाइन्छ।

काजु
काजु ड्राइ फुडको राजाका रुपमा चिनिन्छ । काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटीन,आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।काजुले रक्तचाप, कोलेस्टेरोल लगायत नियन्त्रण गर्छ । यसले कब्जियतबाट जोगाई स्वस्थ र स्फुर्त रहन सहयोग पुर्याउछ । यसले डायबेटिज कम गर्न मद्दत गर्छ । काजुमा प्रोटिनको मात्रा धेरै हुन्छ ।काजुमा एकप्रकारको चिल्लो पदार्थ हुन्छ जसमा भिटामिन बी प्रशस्त मात्रामा हुन्छ , यसले दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।

 

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech