भाइटीकाको दिन बाँकेमा २३ जना संक्रमण मुक्त

    • स्वास्थ्य पेज

  • १ मंसिर २०७७, सोमबार

 

नेपालगन्ज १, मंसिर ।
बाँकेका विभिन्न आइसोलेसनबाट सोमबार २३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसनमा आइसोलेट भएका ११ महिला र १२ पुरुष गरि २३ जना डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ३ हजार ३१८ पुगेको छ । बाँकेका २४५ जना र जिल्ला बाहिरका २९ जना गरी २७४ जना जिल्लाका विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

लक्षण चिंह नदेखिएपछि र स्वास्थ्यमा समस्या नभएपछि होम आइसोलेसनमा बस्न पाइने भएपछि अहिले अधिकांश संक्रमितहरु होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

सोमबार डिस्चार्ज भएकाहरु पनि अधिकांश होम आइसोलेसन बसेकाहरु रहेका छन् । जिल्लामा कोरोना संक्रमित बिरामीको निको हुने दर ९२.१९ प्रतिशत रहेको छ ।

  • १ मंसिर २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech