कन्चनपुरका ३२ वर्षिय कोरोना संक्रमित पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

 

नेपालगन्ज ३०, कात्तिक ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बेलौरी नगरपालिका-१ कन्चनपुरका ३२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक २३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको कोभिड परीक्षणका लागि कात्तिक २५ गते श्वाब लिइएको थियो । त्यसको भोलि पल्ट कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारमा रहेका उनको स्वास्थ्यमा सुधार नआउँदा कात्तिक ३० गते अर्थात आज आइतबार बिहान ८:३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

मृतक पुरुष लामो समय देखि न्युरोको समस्याबाट पिडित रहेको परीवारले जनाएको छ । योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँकेमा आइ मृत्यु भएकाहरुको संख्या ३७ पुगेको छ ।

यसअघि हिजो राती भेरी अस्पतालमा कैलालीका ६५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech