कोरोनाबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

 

नेपालगन्ज ३०, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । भजनी नगरपालिका-८ कैलालीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र क्षयरोगबाट पीडित ती पुरुषलाई कात्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि उनले टिकापुर अस्पतालमा कात्तिक २१ गते कोरोना परीक्षणका लागि नमुना दिएका थिए । कोरोना पुष्टि भएपछि उनी २८ गतेसम्म होम आइसोलेसनमा बसेका थिए ।

तर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई २८ गते साँझ भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा गएराती १०ः५० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech