रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०७७, आईतवार

फोटो : बिबिसी

काठमाडौं  ३०, कात्तिक  ।
रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

कोभिड संक्रमित विरामीहरुको उपचार हुँदै आएको उक्त अस्पतालमा शनिबार साझँ आगलागी हुँदा कयौं घाइते भएका छन् । अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो।

उक्त अस्पताल उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ।रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले विद्युत सट भएर आगलागी भएको हुन सक्ने बताउनुभएको छ ।

रोमानियामा अहिलेसम्म ३ लाख ५० हजार बढी कोरोना भाइरस संक्रमित फेला परेको र ८ हजार ८०० बढीके मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्

  • ३० कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech