देशभर १९४६ जना कोभिड संक्रमित थपिए, २५०३ जना संक्रमण मुक्त, १३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

 

काठमाडौं २९, कात्तिक ।

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार थप १ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा १ हजार १३० जना पुरुष र ८१६ जना महिला गरि कुल १ हजार ९४६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ५०३ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै संक्रमण मुक्त हुनेहरुको कुल संख्या १ लाख ७० हजार ६३२ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण देशभर मृत्यु हुनेहरुको संख्या १ हजार २१५ पुगेको छ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech