बर्दियाका ३५ वर्षिय पुरुषमा मृत्यु पश्चात कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

तस्विरः फाइल

नेपालगन्ज २९, कात्तिक

कोरोना संक्रमणका कारण बाँकेमा शनिवार एक जना पुरुषको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका-१ बर्दिया निवासी ३५ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट थप उपचारको लागि शिक्षण अस्पताल नेपालगन्ज ल्याउँदै गर्दा मध्यान्ह १२:१५ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि ल्याइएका उनमा कोरोना संक्रमणको आशंकामा श्वाब परीक्षण गरिएको थियो ।

बिहान ८ बजे श्वाब दिएर थप उपचारका लागि नेपालगन्ज ल्याईदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । संकलन गरिएको श्वाबको रिपोर्ट मृत्यु पश्चात आज दिउँसो ३ बजे आउँदा कोभिड-१९ पोजिटिभ पुष्टी भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट आई बाकेँमा उपचारका क्रममा मृत्यु हुनेहरुको संख्या ३५ पुगेको छ

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech