आफ्नो उपचार खर्च आफै व्यहोर्छु- डा.गोविन्द केसी

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

 

काठमाडौं २९, कात्तिक ।

कोरोना संक्रमण पुष्टि भएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारमा रहनुभएका डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफै व्यहोर्ने बताउनु भएको छ।

स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरबाट जनाएपछि डा.केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिनुभएको छ ।

डा.केसीले व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्ने सरकारलाई आग्रह गर्नुभएको छ ।

कोरोना सङ्क्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक रहेको र उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको भन्दै डाक्टर केसीले सरकारको ध्यान त्यता केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

साथै उहाँले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गर्नुभएको छ ।

समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराउनुभएका डा.केसीमा शुक्रवार संक्रमण पुष्टि भएको थियो । अहिले उहाँले  महाराजगञ्जस्थित टिचिङ अस्पतालमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech