डा.गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

 

काठमाडौं २९, कात्तिक ।

कोरोना संक्रमण पुष्टि भएका डा.गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उहाँको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिनुभएको छ।

समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराउनुभएका डा.केसीमा शुक्रवार संक्रमण पुष्टि भएको थियो ।रुघाखोकी, ज्वरो र श्वासप्रश्वासमा समेत समस्या देखिएका कारण अहिले उहाँको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।

प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार निस्शुल्क गराउने घोषणा गरे पनि यसअघिनै सरकारले कोरोना सङ्क्रमित सबैको उपचार निस्शुल्क गराउने स्पष्ट पारिसकेको छ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech