प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित ६० वर्षिय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

तस्विरः फाइल

 

सुर्खेत २९, कात्तिक ।

प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । विरेन्द्रनगर नगरपालिका-८ सुर्खेत निवासी ६० वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृतक ६० वर्षिय पुरुषको कात्तिक २३ गते श्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुमा होम आइसोलेसन बसेपनि कात्तिक २४ गते स्वास्थ्यमा समस्या आएपछि उनि राति १०:३० बजे प्रदेश अस्पताल सुर्खेतमा भर्ना भएका थिए ।

अस्पताल भर्ना हुदा अक्सिजन स्याचुरेसन धेरै कम भएको र उपचारमा रहदा समेत अक्सिजन स्याचुरेसनमा सुधार नआउँदा उनको शनिबार बिहान ४:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कर्णाली प्रदेशमा संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १७ पुगेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech