शनिबार बाँकेमा ३१ जना डिस्चार्ज, २७१ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गर्दै

    • स्वास्थ्य पेज

  • २९ कार्तिक २०७७, शनिबार

तस्बिर :फाईल

 

नेपालगन्ज २९, कात्तिक ।

बाँकेका विभिन्न आइसोलेसनमा रहेका ३१ जना शनिबार डिस्चार्ज भएका छन् ।

कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसनमा आइसोलेट भएका उनिहरु आज डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । १६ जना महिला र १५ जना पूरुष गरि ३१ जना संक्रमण मुक्त भएका हुन् ।

योसँगै बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार २६९ पुगेको छ । जिल्लाका २४३ जना र जिल्ला वाहिरका २८ जना गरि २७१ जना विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

अहिलेसम्म बाँकेका ३६ जना र जिल्ला बाहिर बाट उपचारका लागि आएका ३४ जना गरि ७० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको केन्द्रले जनाएको छ ।

  • २९ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech