कोहलपुरकी ३२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०७७, बिहीबार

तस्विरः फाइल

कोहलपुर २७, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरकी ३२ बर्षीया महिलाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१ कौशिलानगरकी ती महिलाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गएराती मृत्यु भएको जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई मंगलवार अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि त्यसको भोलिपल्ट पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो । त्यसैदिन अपरान्ह उनको रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।

रोगको प्रकृतिअनुसार सबै खालको उपचार गदागर्दै गएराती १२ः१५ बजे ती महिलाको मृत्यु भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • २७ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech