बाँकेमा बुधवार १२ पुरुष र ९ महिला डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७७, बुधबार

तस्बिर :फाईल

 

नेपालगन्ज २६, कात्तिक ।

बाँकेका विभिन्न आइसोलेसनबाट २१ जना डिस्चार्ज भएका छन् ।

कात्तिक १६ गते कोभिड पोजेटिभ भएपछि आइसोलेट भएका १२ जना पुरुष र ९ जना महिला आज बुधवार डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो

योसँगै बाँकेमा संक्रमण मुक्त हुनेहरुको कुल संख्या ३ हजार १५० पुगेको छ । जिल्ला र जिल्ला बाहिका गरि २८४ जनाले विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

गत २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । जिल्लाका ३५ र जिल्ला बाहिर बाट उपचारका क्रममा बाँकेमा आई मृत्यु हुनेहरुको संख्या ३४ पुगेको ।

  • २६ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech