दैलेखकी कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

तस्विरः फाइल

कोहलपुर २५, कात्तिक ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । नारायण नगरपालिका–२ दैलेखकी ४४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि ती महिलालाई सोमवार अस्पतालको प्री–आइसोलेसनमा वार्डमा भर्ना गरिएको थियो । उनको आज विहान साढे सात बजे कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

तर उनको रिपोर्ट नआउँदै नमुना संकलन गरेको एक घण्टामै मृत्यु भएको थियो । उनको कोरोना पोजेटिभ रिपोर्ट अपरान्ह चार बजे आएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३४ जना संक्रमितको मृत्यु भएको छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech