कोरोनाको परीक्षण तथा उपचार अब सरकारी अस्पतालमा निःशुल्क

    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०७७, मंगलवार

काठमाडौं २५, कात्तिक ।

कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सर्वोच्च अदालतको निर्णय र जनताको दबाबपछि सरकारले आफ्नो अघिल्लो निर्णय सच्याउँदै सरकारी अस्पतालमा परीक्षण र उपचार निःशुल्क गर्ने भएको छ ।

सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । गएको अशोज १५ मा सर्वोच्च अदालतले कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन पनि खारेज भएपछि सरकार निर्णय सच्याउन बाध्य भएको हो । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

मन्त्रीपरिषद बैठकले कोरोना भाइरसविरुद्धको खोप बने लगत्तै नेपालमा ल्याउने पहलका लागि अर्थ, परराष्ट र स्वास्थ्य सचिव रहेको कमिटि समेत बनाउने निर्णय गरेको छ ।

  • २५ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech