कोहलपुरमा मृत्यु भएका बर्दियाका २९ बर्षीय युवकमा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

 

कोहलपुर २४, कात्तिक ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएका बर्दियाका २९ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–२ का ती पुरुषको उपचारका क्रममा सोमवार दिउँसो १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि ती पुरुषलाई कात्तिक २३ गते अस्पताल लगिएको थियो । कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको आज विहान नमूना संकलन गरिएको थियो ।

तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनको आज साँझ ६ बजेमात्र रिपोर्ट कोरोना पोजेटिभ आएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाको मृतक संख्या ३० पुगेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech