रुपन्देहीमा कोरोना संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०७७, सोमबार

बुटवल २४, कात्तिक ।
रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिनुभयो । उनी मिर्गौला र कलेजोका दीर्घरोगी थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech