काठमाडौं २१,कात्तिक ।
काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपुर, दाङ र रुपन्देहीमा कोरोना भाइरसका ५०० बडी सक्रिय संक्रमित रहेका छन् ।
उपत्यकामा मात्र काठमाडांमा १५ हजार १ सक्रिय संक्रमित , भक्तपुरमा १ हजार २४२ र ललितपुरमा २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् ।
मनाङबाहेक देशका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि संक्रमित रहेपनि ती सबै संक्रमणमुक्त भएपछि मनाङ देशको एक्लो संक्रमित नरहेको जिल्ला बनेको हो ।