काठमाडौं २, कात्तिक ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवमी,दशमी र एकादशीका दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यी दिन दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने जानकारी दिनुभयो ।
उहाँले ती तिन दिनमा ती प्रयोगशालाले प्रयोगशालाको चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको बताउनुभयो ।