कोहलपुर २८, असोज ।
बाँकेको कोहलपुर नगरपालिका कार्यालयलाई सील गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा पनि भाइरस संक्रमण देखिन थालेपछि कार्यालय सील गरिएको हो ।
नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बुधवार बसेको आकास्मिक बैठकले कार्तिक ६ गतेसम्म कोहलपुर नगरपालिका र १५ वटै वडा कार्यालय सील गर्ने निर्णय गरेको प्रशासकिय अधिकृत छविलाल नेपालीले बताउनुभयो ।
तर अत्यावश्यक सेवा भने नरोकिएको उहाँको भनाइ छ । नगरपालिकाद्धारा जारी सूचनमा भनिएको छ नगरपालिका कार्यालय, नगर कार्यापालिका, १५ वटै वडा कार्यालय र बिषयगत कार्यालयबाट प्रदान गरिने सेवा कार्तिक ६ गतेसम्म बन्द गरिएको छ ।