कोहलपुर नगरपालिका सील

    • स्वास्थ्य पेज

  • २८ आश्विन २०७७, बुधबार

कोहलपुर २८, असोज ।
बाँकेको कोहलपुर नगरपालिका कार्यालयलाई सील गरिएको छ ।  कार्यालयमा कार्यरत कर्मचारीमा पनि भाइरस संक्रमण देखिन थालेपछि कार्यालय सील गरिएको हो ।

नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बुधवार बसेको आकास्मिक बैठकले कार्तिक ६ गतेसम्म कोहलपुर नगरपालिका र १५ वटै वडा कार्यालय सील गर्ने निर्णय गरेको प्रशासकिय अधिकृत छविलाल नेपालीले बताउनुभयो ।

तर अत्यावश्यक सेवा भने नरोकिएको उहाँको भनाइ छ । नगरपालिकाद्धारा जारी सूचनमा भनिएको छ नगरपालिका कार्यालय, नगर कार्यापालिका, १५ वटै वडा कार्यालय र बिषयगत कार्यालयबाट प्रदान गरिने सेवा कार्तिक ६ गतेसम्म बन्द गरिएको छ ।

  • २८ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech