दुई सन्तान मात्रै जन्माए पाँच हजार पुरस्कर

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७७, बिहीबार

 

 

 

 

पाल्पा ०४, भदौ ।
पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कारको प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ ।

एक वा दुई सन्तान जन्माई परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ का नीति, कार्यक्रम र बजेटमा स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

यस्तै सासूससुरा एवं आमाबुबाको उचित स्याहार, पोषण र स्वास्थ्यमा ध्यान दिने छोराबुहारी पनि सम्मानित हुने भएका छन् । गाउँपालिकाले चालु आवमा प्रत्येक वडाका दुई जोडी गरी १० छोराबुहारीलाई रु पाँच हजारसहित सम्मान गर्ने भएको हो ।

गाउँपालिकाले छोराबुहारीलाई पुरस्कार प्रदान गर्दा घरका आमाबुबालाई उचित स्याहारसुसार, समयमा खानपानको व्यवस्था र स्वास्थ्योपचारमा विशेष चासो बढ्ने गाउँपालिका उपाध्यक्ष राधा श्रेष्ठले बताउनुभयो । यस्तै पूर्ण संस्थागत सुत्केरी अवस्थाको दिगोपनका लागि मातृशिशुको पोषणयुक्त खानामा रु एक हजार पाँच सय सहयोग गनिरे कार्यक्रम रहेको जनाइएको छ ।

  • ४ भाद्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech