मधुमेह भएकामध्ये ५० प्रतिशतलाई मात्रै लक्षण देखिन सक्छ । अन्य ५० प्रतिशतमा रोगको कुनै लक्षण नदेखिन सक्छ । जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । लक्षण नदेखिँदा मधुमेहले खतरा निम्त्याउँछ ।
रगत जाँच गरेपछि मात्रै मधुमेह छ/छैन थाहा हुन्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने हुन्छ । चिकित्कसकले लक्षणका आधारमा नभएर ल्याब रिपोर्टका आधारमा रोग छ/छैन बुझ्न सक्छन् ।
देखिने लक्षण
-मुख सुक्खा हुने ।
-पिसाब लागिरहने ।
-धेरै भोक लाग्ने ।
-तौल घट्ने ।
-घाउ हत्तपत्त निको नहुने ।
-हातगोडा झमझमाउने, निदाउने या गल्ने ।
जान्नैपर्ने कुरा
-मधुमेह लाग्नै नदिन सकिन्छ ।
-लागिसके पनि नियन्त्रणमा राख्न सकिन्छ ।
-नियन्त्रणमा राख्न सके दीर्घकालमा ठूलो संकट व्यहोर्नु पर्दैन ।
-वर्षमा एकपटक रगत परीक्षण गर्नैपर्छ ।
-लक्षणका आधारमा आफूखुसी औषधि खानुहुँदैन ।
-मधुमेहको शंका लागेमा चिकित्सकको परामर्श लिनुपर्छ ।
-मधुमेह लागिसकेपछि चिकित्सकको सल्लाहमा जाँच गराइरहनुपर्छ ।
खान नहुने
-बढी गुलिया खानेकुरा ।
-धेरै नुनिला खानेकुरा ।
-मोटोपना बढाउने खानेकुरा ।
-बढी चिल्लो पदार्थ भएका खाना ।
-केरा, आँप, अंगुरजस्ता गुलिया फलफूल ।
खान हुने
-हरियो सलाद, काँक्रो, गोलभेँडा ।
-भिजाएका गेडागुडी ।
-नतारेका हरिया सागसब्जी ।
-मुला, गाजर ।
मधुमेह नियन्त्रणमा नराखे…
-मधुमेह वेलैमा नियन्त्रण नगरे अन्धोपना गराउन सक्छ ।
-मिर्गाैलालाई काम गर्न नसक्ने बनाउँछ ।
-हृदयरोगको जोखिम उच्च बनाइदिन्छ ।
-शरीरका विभिन्न अंगको प्यारालाइसिस गराउन सक्छ ।
-पैतालामा संक्रमण हुन सक्छ ।