नेपालगन्ज २०, मंसिर ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ हडियाबाबा मन्दिरमा शनिवार आँखा तथा कान सम्बन्धित निशुल्क शिविर गरिएको छ । हडियाबाबा मन्दिरमा रहेका साधु सन्तहरुलाई सेवा दिने उद्देश्यले एक दिने शिविर आयोजना गरिएको हो ।
उक्त शिविरमा करिव दुईसयले सेवा लिएको कार्यक्रमका संयोजक प्रदीप शाहले जानकारी दिनुभयो । फत्तेवाल आँखा अस्पताल र कान स्वास्थ्य स्याहार केन्द्र ब्रिनोजको प्राविधिक सहयोगमा गरिएको निशुल्क सो शिविरले आँखा तथा कानको समस्या भएकाहरुले ठूलो राहत पाएको संयोजक शाहले बताउनुभयो ।
नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्धारा आयोजित निशुल्क स्वास्थय शिविरमा काँग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठौरले सरकार स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको आरोप लगाउनुभयो ।
काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद याकुव अनसारी, पार्टी उपसभापति सुनिल नर्सिङ राणा, काँग्रेस कोभिड -१९ बाँकेका संयोजक लक्ष्मी नारायण शाह, उपमेयर उमा थापालगायतको सहभागिता रहेको थियो ।